बिर्तामोड / सरकारले ताप्लेजुङको सुकेटार विमानस्थलको नाम परिवर्तन गरेर ‘रवीन्द्र विमानस्थल’ बनाउने निर्णय गरेकोमा एमालेको माधव नेपाल समुह र माओवादीले असन्तुष्टि व्यक्त गरेका छन् । 

ताप्लेजुङबाट प्रतिनिधि सभा र प्रदेश सभामा निर्वाचित एमाले र माओवादीका प्रभावशाली नेताले सामाजिक संजालमा स्टाटस लेख्दै सरकारी निर्णय प्रति असन्तुष्टि जनाएका हुन् । 

OM Sai Pathibhara Hospital

प्रदेश १ का पूर्व आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बो र एमालेका नेता योगेश भट्टराईले ताप्लेजुङको सुकेटार बिमानस्थल र चुहानडाँडा विमानस्थलको नामाकरणमा सरकारले कमजोरी गरेको बताएका छन् ।

नेता भट्टराईले नाम परिवर्तन प्रति असन्तुष्टि जनाउदै सामाजिक संजालमा लेखेका छन् असल काम पनि असल नियत र सहि प्रक्रिया बाट सहि परिणाममा पुग्न सकिन्छ अन्यथा विवाद विभाजन र अनावश्यक तनाव मात्र झेल्नु पर्दछ ।

Yogesh-Bhattarai

त्यसैगरि नामाकरणलाई इतिहास, संस्कृति, पहिचान र भावनात्मक मनोविज्ञानमाथि राज्यबाट हस्तक्षेप भएको आङ्बोले टिप्पणी गरेका छन् । 

नेकपा माओवादी केन्द्र प्रदेशसभाका संसदीय दलका नेतासमेत रहेका आङ्बोले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै दुवै बिमानस्थलको प्रचलित नाम कायम राख्नु पर्ने र नयाँ नामाकरण गर्नै पर्ने भए स्थानीय सरोकारवालासँगको अन्तरक्रिया गरेर निष्कर्षका आधारमा मात्र गर्नुपर्ने बताएका छन् । नयाँ नामाकरण नै गर्ने भए स्थानीय पहिचान झल्किनु पर्ने उनको भनाई छ ।

189734022_911992889534557_4718420365205628711_n

राज्यको हस्तक्षेप र हेपाह प्रवृत्तिले शासक, शासन व्यवस्था र प्रणालीमाथि नै आक्रोश, अविश्वास, घृणा पैदा गराउने र त्यसले समाजलाई भिडन्ततर्फ लैजाने उनको भनाई छ । उनले बजेट मार्फत गम्भीर कमजोरी भएको भन्दै सच्याउन आग्रहसमेत गरेका छन् ।

‘स्वर्गीय अधिकारी र शेर्पाको सम्मानको लागि सरकारले निर्माण गर्ने अरु कुनै नयाँ पूर्वाधारमा उहाँहरुको आफ्नै भौगोलिक क्षेत्रको महत्वपूर्ण आयोजनामा नामाकरण गर्नु राम्रो हुने भन्दै पहिचान र रैथाने संस्कृतिमा आधारित दुवै विमानस्थलको साविककै नाम प्रचलनमा रहनुपर्छ ।’ उनले भने,

संघीय सरकारले शनिबार अध्यादेश मार्फत सार्वजनिक गरेको बजेटमा ताप्लेजुङको सुकेटार विमानस्थललाई स्वर्गीय रबिन्द्र अधिकारी विमानस्थल र चुहानडाँडालाई आङछिरिङ शेर्पा विमानस्थल नामाकरण गर्ने घोषणा गरेको छ ।