बिर्तामोड / सरकारले सांसदहरुमार्फत निर्वाचन क्षेत्रमा विकास योजना छनोट गर्ने कार्यक्रम ‘स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम’ खारेज गरेको छ ।

शनिबार अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि बजेट प्रस्तुत गर्ने क्रममा उक्त कार्यक्रम खारेज गरेका हुन् ।

OM Sai Pathibhara Hospital

गत वर्ष सरकारले संघीय संसद निर्वाचन क्षेत्रका लागि ६ करोड रुपैयाँका दरले बजेट विनियोजन गरेको थियो । चालु आर्थिक वर्षमा सरकारले यो कार्यक्रममा प्रति निर्वाचन क्षेत्र ४ करोड रुपैयाँ विनियोजन गरेको थियो