बिर्तामोड / सरकारले काठमाडौं–तराई द्रूतमार्ग निर्माणका लागि अगामी वर्ष ८ अर्ब १५ करोड बजेट विनियोजन गरेको छ ।

शनिबार अध्यादेशमार्फत आएको आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले नेपाली सेनामार्फत बनिरहेको आयोजनालाई लगानी अभाव हुन नदिने गरी बजेट विनियोजन गरेका छन् ।

OM Sai Pathibhara Hospital

७२.५ किलोमिटर लामो द्रूतमार्गमा आगामी वर्षबाट तीन वटा सुरुङमार्ग पनि बनाउन थालिने छ । महादेव डाँडामा ३.३५५ किमी, धेद्रेमा १.६३० किमी र लेनडाँडामा १.४३० किमी गरी ६.४१५ किमि लामो सुरुङमार्ग बनाइने भएको छ ।

चार लेनको यो सडक बनेपछि निजगढबाट खोकनासम्म लगभग १ घन्टामा आइपुगिने अनुमान छ । डीपीआरअनुसार सडकको चौडाइ पहाडी क्षेत्रमा २५ मिटर कायम गरिएको छ भने तराईमा २७ मिटर हुनेछ । सुरुङमार्गमा ८७ वटा पुल हुनेछ । प्यासेन्जर अन्डर पास १२, आभेरपास एउटा तथा सवारी अन्डरपास ५ र ओभरपास ४ वटा हुनेछ ।