बिर्तामोड / सरकारले ताप्लेजुङको सुकेटारस्थित विमानस्थललाई स्व. पर्यटनमन्त्री रवीन्द्र अधिकारीको नामबाट नामाकरण गरेको छ ।

उनको २०७५ साल फागुन १५ गते ताप्लेजुङको पाथिभरामा हेलिकोप्टर दुर्घटनामा परी निधन भएको थियो । साथै यति समूहका संस्थापक स्व। आङछिरिङ शेर्पाको नामबाट चुहानडाँडा विमानस्थलको नाम राखिने अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए ।