बिर्तामोड / सरकारले कृषि तथा पशुपन्छी क्षेत्रको बजेट वृद्धि गरेको छ।
आगामी वर्षको बजेट सार्वजनकि गर्दै अर्थमन्त्री विष्णु पौडेलले कृषि र पशुपन्छीको क्षेत्रमा ४५ अर्ब ९ करोड बजेट विनियोजन गरेको जाकनरी दिए । गत वर्ष उक्त क्षेत्रको लागि ४१ अर्ब ४० करोड विनियोजन गरिएको थियो ।
सरकारले रासायनिक मलको अनुदानमा दिइँदै आएको अनुदान पनि बढाएको छ। रासायनिक मल खरीद गर्न दिइएको अनुदानमा वृद्धि गरी १२ अर्ब पुर्याइएको छ।