बिर्तामोड / निषेधाज्ञा अवधिभर मासिक २० युनिटसम्म विद्युत खपत गर्नेलाई घरेलु तथा साना उपभोक्ताले शत प्रतिशत छुट पाउने भएका छन् ।

आगामी वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले शत प्रतिशत छुट दिने व्यवस्था सुनाएका हुन् । त्यस्तै मासिक १५० युनिटसम्म खपत गर्नेलाई ५० प्रतिशत र २५० युनिटसम्म खपत गर्नेलाई ३० प्रतिशत महसुल छुट दिइने व्यवस्था गरेको छ ।

OM Sai Pathibhara Hospital

त्यसैगरी निषेधाज्ञाभर खाद्य व्यवस्था तथा व्यापार कम्पनी तथा साल्ट ट्रेडिङ कम्पनीबाट बिक्री हुने चामल, पिठो, दाल, नुन, खानेतेल, चिनी तथा खाना पकाउने ग्यासको बिक्री मूल्यमा २० प्रतिशत छुट दिलाउने व्यवस्था मिलाएको पनि जानकारी दिएका छन् ।