बिर्तामोड / कनकाई नगरपालिकाका मेयर राजेन्द्रकुमार पोखरेलले प्रस्तावित कनकाई अस्पतालको अक्सिजन प्लान्ट निर्माणका लागि १० लाख रूपैयाँ सहयोग दिएका छन्।

उनले आफूले पाउने पारिश्रमिकबाट अक्सिजन प्लान्ट निर्माणका लागि सहयोग गरेको जानकारी गराएका छन् ।

OM Sai Pathibhara Hospital

मेयरमा निर्वाचित भएपछि हालसम्मको आर्थिक सुविधा बराबरको सो रकम उनले नगरपालिकाकी उप्र–प्रमुख मन्जु प्रसाईंलाई शनिबार हस्तान्तरण गरेका छन् । मुलुकभर अक्सिजन अभाव भएपछि कन्काई नगरपालिकाले प्लान्ट स्थापना गर्ने निर्णय गरेको थियो ।

करिब दुई करोडको लागत अनुमान गरिएको प्लान्ट तीन महिनाभित्र सुरुङ्गामा निर्माण भइसक्ने छ । प्लान्ट दैनिक ५० सिलिण्डर अक्सिजन उत्पादन गर्न सक्ने क्षमताको हुने नगरपालिकाले जानकारी गराएको छ ।