बिर्तामोड / सरकारले अक्सिजनको अक्सिजन उद्योग स्थापना गर्न आवश्यक पर्ने उपकरण आयात गर्दा लाग्ने भन्सार र मुल्य अभिवृद्धि कर पूर्ण रुपमा छुट दिएको छ ।

शुक्रबार सिंहदरबारबाट आगामी आर्थिक वर्ष २०७८र०७९ को बजेट प्रस्तु गर्दै अर्थमन्त्री पौडेलले अक्सिजन उद्योग स्थापना गर्न आवश्यक पर्ने उपकरण आयातमा भन्सार र मुल्य अभिवृद्धि कर पूर्ण रुपमा छुट दिने गरी बजेट ल्याइएको बताएका हुन् ।

OM Sai Pathibhara Hospital

उनले सामुदायिक तथा निजी अस्पतालमा अक्सिजन प्लान्ट जडान गरेमा लागतको ५० प्रतिशत पुँजीगत अनुदान समेत दिने पनि बताए ।

उनले कोरोना महामारीको अवधिभर अक्सिजन उद्योगहरुलाई अक्सिजन उत्पादनमा लाग्ने विद्युत महशुलमा ५० प्रतिशत छुट दिने व्यवस्था समेत मिल्याइएको बताए ।