दमौली / लगातार केही दिनदेखि परेको वर्षातका कारण पहिरो खस्दा तनहुँमा एक वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा व्यास नगरपालिका–१ निर्मलनगर टोलकी ६२ वर्षीया सरस्वती घर्ती रहेका छन् ।

 गए राति घर पछाडिको ठूलो ढुङ्गा खसेर घर भत्किँदा पहिरामा च्यापिएर वृद्धा घाइते भएका थिए । त्यहाँबाट उद्धार गरेर अस्पताल लैजाँदा उनको मृत्यु भएको वडाध्यक्ष खरसिं दरैले जानकारी दिए ।

OM Sai Pathibhara Hospital

 वृद्धासहित पाँचजनाको परिवार घरमा सुतिरहेका थिए । घर भत्किएपछि अन्य चारजना भने भागेर ज्यान जोगाउन सफल भएको वडाध्यक्ष दरैले जानकारी दिए । चारजना सकुशल रहेका छन् । घरको पछाडिपट्टिको भाग पूर्णरुपमा क्षति पुगेको छ ।