काठमाडौं / नायिका नीता ढुंगानाले आफूलाई यो देशमा किन जन्मिएँ होला भन्ने लाग्न थालेको बताएकी छिन्। कलाकार हरिहर अधिकारीका पिताको निधनपछि सामाजिक संजालमा उनले यस्तो लेखेकी हुन्।

‘मेरो देश मेरो गौरव भनेर सोच्ने मान्छे म, आज म किन यो देशमा जन्मिएँ होला जस्तो लागिरहेको छ। मेरो देशले मेरो रक्षा गर्न सक्दैन भन्ने कुरा आज आएर थाहा पाएँ। कोरोनाको विरुद्ध संसार लडिरहदा मेरो देशले मलाइ झन् लात हान्छ भन्ने कुरा आज आभास भयो’, नायिका ढुंगानाले फेसबुकमा लेखेकी छिन्, ‘ यो कठिन अवस्थामा जनताको लागि लड्नुपर्ने तर यहाँ त लडाइ कुर्सीको लागि भैरहेको छ। समयमा अस्पतालमा उपचार नपाएर आज मैले मेरो नजिकको अग्रज गुमाएँ।’

OM Sai Pathibhara Hospital

समयमा नै आइसियुको व्यवस्थापन भएको भए र समयमा नै अक्सिजन पाएको भए कसैले पनि अल्पायुमा ज्यान गुमाउनु नपर्ने उनले उल्लेख गरेकी छिन्।

उनले लेखेकी छिन्’, ‘सायद समयमा नै आइसियुको व्यवस्थापन भएको भए र समयमा नै अक्सिजन पाएको भए कसैले पनि अल्पायुमा ज्यान गुमाउनु पर्दैन थियो होला। हार्दिक श्रद्धाञ्जली बुवा, हजुरको वैकुण्ठमा बास होस्।’