बर्दिया / बर्दियामा जङ्गली हात्तीको आक्रमणबाट दुइ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गेरुवा गाउँपालिका–१  की ३७ वर्षीया चन्द्रा विक र उनकी तीन वर्षकी छोरी दिपिका रहेका छन् । 

गर्मीले गर्दा घरबाहिर आँगनमा सुतिरहेका बेला उनीहरुलाई बर्दियामा राष्ट्रिय निकुञ्जबाट निस्केको जङ्गली हात्तीले आक्रमण गरेको थियो । 

OM Sai Pathibhara Hospital

आक्रमण पश्चात चन्द्रा विकको घटनास्थलमै र तीन वर्षकी छोरी दिपिकाको नेपालगञ्ज शिक्षण अस्पताल कोहलपुर उपचारका क्रममा ज्यान गएको निकुञ्जका सहायक संरक्षण अधिकृत असिम थापाले जानकारी दिए ।