बिर्तामोड / नेपाली बजारमा सुनको मुल्यमा हिजो भन्दा आज केही गिरावट आएको छ । स्थानीय बजारमा हिजो सोमबार प्रतितोला १०० रुपैयाँले बढेको सुनको भाउ आज मङगलबार तोलाको २०० रुपैयाँले ओरालो लागेको छ ।  

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलवार छापावाला सुन प्रतितोला  ९३ हजार ५०० रुपैयाँमा कारोबार भएको छ । सोमवार छापावाला सुनको मूल्य प्रतितोला ९३ हजार ७०० रुपैयामा कारोबार भएको थियो । सोमवारको तुलनामा मंगलवार छापावाला सुन प्रतितोला  २०० रुपैयाले घटेको हो । 

OM Sai Pathibhara Hospital

त्यसैगरी, तेजाबी सुन प्रतितोला ९३ हजार रुपैयामा कारोबार भएको छ । सोमवार तेजाबी सुन प्रतितोला ९३ हजार २०० रुपैयामा कारोबार भएको थियो । 

यस्तै, मंगलवार चाँदीको मूल्य भने स्थिर रहेको छ । सोमवार प्रतितोला १ हजार ३५० मा कारोबार भएको चाँदी मंगलवार पनि सोही मूल्यमा खरीदविक्री भइरहेको छ ।