धरान / निषेधाज्ञाको समयमा एम्बुलेन्स प्रयोग गरी गाँजा ओासारपसार हुने गरेको सार्वजनिक भएको छ । धरान प्रहरीले सोमबार राती भेडेटारबाट धरान आउँदै गरेको एम्बुलेन्सबाट गाँजा बरामद गरेपछि यो कुराको खुलासा भएको हो ।
प्रहरीले हुडेप नेपालको को १ च ५५५९ नम्बरको एम्बुलेन्सबाट गाँजा वरामद भएको हो । प्रहरीले एम्बुलेन्सबाट १०० किलो गाँजा सहित एम्बुलेन्स चालक धरान १५ का ३६ बर्षीय बलबहादुर लिम्बु र धनकुटाको सहिदभुमी गाउँपालिका १ घर भई धरान ११ बस्नेत २८ बर्षीय पोशन राईलाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय धरानका डीएसपी ज्ञानेन्द्र बस्नेतले एम्बुलेन्सबाट २४ केजीको ४ वटा झोलामा एक सय किलो गाँजा बरामद भएको जानकारी गराएका छन् ।