मोरङ  / मोरङको बिराटनगर –१६ दरैया स्थितबाट लागूऔषध सहित प्रहरीले १ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सोही स्थानका ४३ बर्षीय सजजु साही रहेका छन् । 

उनलाई आईतबार बेलुका ९ बजे दरैया पोष्टबाट खटिएको प्रहरी टोलीले डाइलेक्स डिइ –२ बोतल, निट्रभिट –३० ट्याब्लेट, स्प्यास्मो प्रोक्स्योभन पलस –८ ट्याब्लेट सहित पक्राउ गरिएको छ । 

OM Sai Pathibhara Hospital

पक्राउ परेका साहीलाई माथि थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।