काठमाडौं / आज सोमबार सुनको मूल्य उकालो लागेको छ । आइतबारको तुलनामा आज सुनको भाउ १०० ले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार प्रतितोला ९३ हजार ६०० मा कारोबार भएको सुन आज प्रतितोला ९३ हजार ७०० मा कारोबार भएको छ ।

OM Sai Pathibhara Hospital

त्यसैगरी, तेजाबी सुन प्रतितोला ९३ हजार २०० मा कारोबार भएको छ । यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ ।

आइतबार प्रतितोला १ हजार ३४५ मा कारोबार भएको चाँदी आज १ हजार ३५० मा खरिदबिक्री भइरहेको छ । आइतबारको तुलनामा सोमबार चाँदी ५ रुपैयाँले घटेको हो ।