काठमाडौँ / कोरोना कहरका कारण मुलुकको सम्पूर्ण आर्थिक गतिविधि ठप्प भए पनि धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक भने हालसम्मकै उच्च स्थानमा पुगेको छ । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्सेमा नयाँ इतिहास कायम भएको छ । अधिकांश लगानीकर्ता निषेधाज्ञाका कारण घरमै रहेको तथा विद्युतीय कारोबारलाई बढावा दिइएका कारण नेप्सेले नयाँ रेकर्ड कायम गरेको हो ।

OM Sai Pathibhara Hospital

 साताको पहिलो दिन आज नेप्से ३२.८१ अङ्कले वृद्धि भई दुई हजार ८२० मा पुगेको हो । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ८.२३ ले वृद्धि भई ५०७.२० मा पुगेको छ । यो पनि हालसम्मकै उच्च बिन्दु हो । कारोवार रकमसमेत झण्डै १२ अर्बको हाराहारीमा पुगेको छ । कूल २२० कम्पनीको दुई करोड ५१ लाख ६३ हजार ६६० कित्ता शेयर रु ११ अर्ब ६९ करोड ५० लाख ३४ हजार ७२८ मा खरिद बिक्री भए ।

 आइतबारको कारोवारपछि बजार पूँजीकरण पनि नयाँ उचाईमा पुगेको छ । यो मुलुकको कूल ग्राहस्थ उत्पादनभन्दा माथि पुगेको हो । नेप्सेका अनुसार कूल ३९ खर्ब १३ अर्ब १५ करोड आठ लाख ७३ हजार ६१ रुपैयाँ बराबरको बजार पूँजीकरण भएको छ ।

कर्णाली डेभलपमेन्ट बैंक, ग्रीन डेभलपमेन्ट बैंकका शेयरमा सकारात्मक सर्किट लागेको छ । ती कम्पनीको शेयरमा १० प्रतिशतको वृद्धि भएको छ । यस्तै ९.९७ प्रतिशतले वृद्धि भएको महालक्ष्मी विकास बैंकको शेयरमा समेत आज सकारात्मक सर्किट लागेको छ । सांग्रिला डेभलपमेन्ट बैंक ९.९३, युनाइटेड इदीमर्दी हाइड्रोपावर ९.९३, कालिका पावर कम्पनी ९.८६, वेष्ट फाइनान्स कम्पनी ९.८५, गुडविल फाइनान्स ९.८५, सप्तकोशी डेभलपमेन्ट बैंक ९.८४ र बरण हाइड्रोपावरका लगानीकर्ताले ९.८४ प्रतिशतले कमाएका छन् ।

यस्तै लगातर सकारात्क सर्किट लाग्दै आएको रुरु जलविद्युत् परियोजना ३.७३, समता घरेलु लघुवित्त ३.६८, गुराँस लघुवित्त २.३७, आरम्भ चौतारी लघुवित्त २.१७ र नेपाल इन्भेस्टमेन्ट बैंकको ऋणपत्रका लगानीकर्ताले १.९३ प्रतिशतले गुमाएका छन् ।

कारोवारका आधारमा नेपाल पुनरबीमा कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ४१ करोड ८६ लाख ४४ हजार ७ सय ४३ रुपैयाँ बराबरको कारोवार भयो । नेशनल लाइफ इन्स्योरेन्स ३७ करोड १४ लाख रुपैयाँ, ज्योति विकास बैंक २३ करोड ७७ लाख चार हजार ७ सय ९४ रुपैयाँ, मेगा बैंक २२ करोड ४७ लाख ८२ हजार ८ सय ५ रुपैयाँ, रिमा विकास बैंक २२ करोड २४ लाख १८ हजार २ सय ४६ रुपैयाँ, अरुण भ्याली हाइड्रोपावर २० करोड ७२ लाख ३१ हजार रुपैयाँ बराबरको कारोवार भई शीर्ष स्थानमा रहे ।