बिर्तामोड / निर्वाचन आयोगमा नेकपा एमालेको माधव नेपाल पक्षका युवा नेताले राजनीतिक दल दर्ताको लागि निवेदन दर्ता गराएका छन् । युवा नेता जीवन राई अध्यक्ष रहेको नयाँ दलको नाम नेपाल कम्युनिस्ट पार्टी (एकीकृत)  राखिएको छ । 

गत वैषाख ७ गते नै सो समुहले दल दर्ताको निवेदन दिएको निर्वाचन आयोगले जानकारी गराएको छ । राई नेपाल पक्षिय अनेरास्ववियूका पूर्व विद्यार्थी नेता हुन् ।नेकपा एमालेभित्रको विवाद उत्कर्षमा पुगेका बेला माधव पक्षका युवा नेताहरुले दल दर्ताका लागि निवेदन दिएका हुन् । 

OM Sai Pathibhara Hospital

दर्ता भएको नयाँ पार्टीको केन्द्रिय कमिटि २५ सदस्यीय रहेको छ । केन्द्रीय कमिटीको अध्यक्षमा जीवन राई, उपाध्यक्ष कल्पना गुरुङ , महासचिव बिनोद कुमार खुलाल , सचिव ऐन बिक्रम कुँवर र कोषाध्यक्ष सुशीला खनाल रहेका छन् । 

एमाले भित्रको विवाद उत्कर्षमा पुगेका बेला राराईले एमालेको माधव नेपाल समुहको निर्देशनमा पार्टी दर्ता गरेको आशंका गरिएको छ ।