मोरङ / मोरङको बिराटनगर –१७ मटेरुवा चौक स्थितबाट लागूऔषध सहित प्रहरीले १ जनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा सुनसरी  ईटहरी –१ कि ४१ बर्षीया रेखा न्यौपाने रहेकी छन् । शनिबार बेलुका ६ बजे ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले उनले बोकेको झोलाबाट लागूऔषध डाइलेक्स डिसी  ५० बोतल, नाईट्राभेट १०० ट्याब्लेट, इस्प्यास्मो –प्रोक्स्योभन पल्स –४३२  चक्की सहित नियन्त्रणमा लिएको हो । 

OM Sai Pathibhara Hospital

पक्राउ परेका माथि थप अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।