काठमाण्डौ / संसद विघटनविरुद्ध रिट हाल्न विपक्षी गठबन्धनका दलहरुले आफ्ना पार्टीका सांसदहरुलाई नागरिकता सहित उपस्थित हुन निर्देशन दिएका छन् । दलहरुले आज सर्वोच्च अदालतमा  रिट दायर गर्नका लागि आफ्ना सांसदलाई नागरिकता सहित संसद भवनमा उपस्थित  हुन निर्देशन दिएका हुन् ।

माओवादी संसदिय दलका सचेतक देव गुरुङले प्रधानमन्त्री र राष्ट्रपतिको मिलेमतोमा भएको संवैधानिक कु को निर्णय कानुनी रुपमा उल्टाउन सर्वोच्च अदालत जानका लागि दलहरुले आफ्ना सांसदलाई नागरिकता सहित उपस्थित हुन निर्देशन दिएको जानकारी गराएका छन् ।  

OM Sai Pathibhara Hospital

नेपाली कांग्रेस , माओवादी , एमालेको माधव नेपाल समुह , जसपाको बाबुराम– उपेन्द्र समुह राष्ट्रिय जनमोर्चाको हिजो बसेको बैठकले  संसद विघटन विरुद्ध कानुनी र राजनीतिक लडाइँ लड्ने निर्णय गरेको थियो ।

कांग्रेस सभापति शेर बहादुर देउवाको पक्षमा स्पष्ट बहुमत हुँदाहुँदै पनि राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक एवं कानुनि प्रकृया मिचेर शुक्रबार मध्यराति संसद विघटन गरी कात्तिक २६ र मंसिर ३ गते नयाँ निर्वाचनको मिति घोषणा गरेपछि दलहरुले राजनीतिक र कानुनी लडाई लड्ने निर्णय गरेका हुन् ।