बिर्तामोड / भारत सरकारले कोरोना भाईरसको नयाँ प्रजातिलाई  ‘भारतीय भेरियन्ट’ भनेर लेखिएका सामाग्री हटाउन सामाजिक संजाल संचालक कम्पनीहरुलाई निर्देशन दिएको छ । 

विश्व स्वास्थ्य संगठन ९डब्ल्यूएचओ०ले कोरोनाको नयाँ प्रजाति द्य।ज्ञ।टज्ञठ लाई ‘भारतीय भेरियन्ट’ नभनेकाले  ‘भारतीय भेरियन्ट’ भन्नु गलत हुने भारत सरकारले जिकीर गरेको छ । 

OM Sai Pathibhara Hospital

कोरोनाको नयाँ प्रजाति द्य।ज्ञ।टज्ञठ सबैभन्दा पहिले भारतमा फेला परेकाले त्यसलाई ‘भारतीय भेरियन्ट’ भनिदैं आएको छ । कोरोनाको बेलायतमा भेटिएको नयाँ प्रजातिलाई ‘युके भेरियन्ट’ र ब्राजिलमा भेटिएको प्रजातिलाई ‘ब्राजिल भेरियन्ट’ भनिने गरिएको छ । ब्राजिल र बेलायतले भने यो विषयमा हालसम्म कुनै प्रतिक्रीया जनाएका छैनन् । 

हालसम्म भेटिएका कोरोनाका प्रजाति मध्ये भारतमा भेटिएको द्य।ज्ञ।टज्ञठ प्रजाति सबैभन्दा संक्रामक र खतरनाक मानिएको छ । सरकारी नियाकले नेपालमा यही भेरियन्ट फैलिएको पुष्टि गरेका छन् । 

गत शुक्रबार भारतको सूचना मन्त्रालयले सामाजिक सन्जालका कम्पनीहरु सुचना जारी गरी यस्तो निर्देशन दिएको छ –  ‘आफ्नो प्लेटफर्मबाट ती सबै सामग्रीहरु तुरुन्त हटाउनू जसमा कोरोना भाइरसको भारतीय भेरियन्ट लेखिएको छ या यसतर्फ संकेत गरिएको छ ।’