बिर्तामोड / राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले  राज्यको अभिभावकको रूपमा राजसंस्थाको आवश्यकता पुष्टि भएको जनाएको छ । 

राप्रपाका अध्यक्ष पशुपति शमशेर जबराले विगतमा गल्ती भएको बताउँदै राष्ट्रपति र प्रधानमन्त्रीले संविधानको धज्जी उडाएकाले विश्वमा सफल राजा सहितको प्रजातन्त्रको मोडलमा दलहरु जानुपर्ने बताएका छन् ।  

OM Sai Pathibhara Hospital

राप्रपा अध्यक्ष राणाले ट्वीट गर्दै भनेका छन्   ‘राष्ट्रपति र प्रधानमन्त्रीको साँठगाँठले संविधानको पूर्ण अवमूल्यन भएको छ । दलभन्दा माथि रहने राष्ट्रप्रमुख, निष्पक्ष अभिभावकको रूपमा शाहवंशीय राजसंस्थाको अपरिहार्यता पुनः पुष्टि गरेको छ ।’

निर्वाचन प्रजातान्त्रिक अभ्यास भए पनि कुर्सी जोगाउन जनताको ज्यान जोखिममा पार्नु अमानवीयताको पराकाष्ठा भएको राणाले बताएका छन् । उनले भनेका छन् , ‘कसैको कुर्सी जोगाउन नेपाली जनताको रोग, भोक, शोकमा आँखा चिम्लिनु अमानवीयताको पराकाष्ठा हो ।’