बिर्तामोड / झापा मेचीनगर नगरपालिका –६ बद्री टोल स्थितबाट लागूऔषध सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थानका २६ बर्षीय सुमन दनुवार र दमक ५ की २१ बर्षीया समिता राई रहेका छन् । 

शुक्रबार दिउसो १ बजे लागूऔषध ब्राउन सुगर खरिद विक्री बितरण गरिरहेको भन्ने गोप्य सुचानाको आधरमा सिमा प्रहरी चौकी नकलबन्दा र लागूऔषध नियन्त्रण व्युरो काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोली उनिहरुलाई लागूऔषध ब्राउन सुगर ५ ग्राम सहित पक्राउ गरेको हो । 

OM Sai Pathibhara Hospital

पक्राउ परेका उनिहरुलाई ईलाका प्रहरी कार्यालय काकडभिट्टामा ल्याई थप अनुसन्धान भईरहेको छ ।

त्यसैगरी उदयपुर त्रियुगा नगरपालिका –७ धरमपुर स्थितबाट लागूऔषध सहित २ जनलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थानका –१९ बर्षीय अमिर खड्का र –२० बर्षीय सुरज कार्की रहेका छन् । 

शुक्रबार दिउसो २ बजे बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई लागूऔषध फेनार्गन –१२ एम्पुल, नोफिन –१२ एम्पुल र डाइजिपाम –१२ एम्पुल सहित पक्राउ गरि थप अनुसन्धान भईरहेको छ ।