बिर्तामोड / नेपाली काँग्रेसका युवा नेता नैनसिंह महरले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको दिवालियापनले संविधान ध्वस्त पार्ने निश्चित भएको बताएका छन् ।
उनले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग सरकार बनाउने अधिकार संवैधानिक, कानूनी, नैतिक र राजनितिक कुनैपनि आधारमा नरहेको बताएका छन् ।
यस्तो अवस्थामा राष्ट्रपति भण्डारीले अब पनि केपी ओली मोह देखाउनु निर्वस्त्र हुनु सरह भएको महरले बताए । उनले भने, : अब पनि केपी ओली मोह देखाउनु निर्वस्त्र हुनु सरह हो ।