बिर्तामोड / नेकपा एमालेका अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका एमालेका बरिष्ठ नेता माधव नेपालसहित २६ जना सांसदलाई साधारण सदस्य समेत नरहने गरी कारबाही गरेका छन् ।
उनीहरुले दलीय अनुशासन उल्लंघन गरेकाले कारबाही गरिएको ओली निकट स्रोतले जानकारी दिएको छ । संसदीय दलका नेता ओलीले माधव नेपाल सहित २६ जना सांसद कारबाहीमा परेको जानकारी राष्ट्रपति कार्यालय पनि पठाएको छ ।