काठमाडौं / नेकपा एमालेले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने २६ जना सांसदलाई दलको साधारण सदस्य पनि नरहने गरी कारबाही गर्ने पत्र राष्ट्रपति कार्यालयलाई पठाएको छ ।

देउवालाई समर्थन गरेर आफ्नो दलका सांसदहरुले दलीय अनुशासन उल्लंघन गरेकाले कारबाही गर्ने जानकारी राष्ट्रपति कार्यालयमा पठाएको हो । 

OM Sai Pathibhara Hospital

शुक्रबार संविधानको धारा ७६९५० अनुसार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमालेको माधव नेपाल समुहका सांसद सहित १४९ सांसदको हस्ताक्षर राष्ट्रपति कार्यालयमा बुझाएका थिए । जसमा नेकपा एमालेको माधवकुमार नेपाल पक्षका २६ सांसदले पनि हस्ताक्षर गरेका छन् ।

देउवाले बुझाएको सुचिमा समावेश सांसद जयकुमार राईले भने राष्ट्रपति कार्यालयमा नै पत्र पठाएर आफ्नो समर्थन देउवालाई नरहेको जानकारी गराएका छन् ।