विराटनगर / औषधी व्यवस्था विभाग (डिडिए) ले तोकेको भन्दा बढी मूल्य लिएर मोरङको एउटा सेनिटाइजर उद्योगले सेनिटाइजर बिक्री बितरण गर्ने गरेको पाइएको छ । मोरङको बुढीगंगा गाउँपालिका – ३ निबुवामा रहेको कास्यब ऋषि आर्युवेद कम्पनी प्रा. लि. ले उत्पादन गरेको ‘कस्यव ऋषि हेण्ड सेनिटाइजर’ औषधी व्यवस्था विभागले तोकेको भन्दा बढी मूल्यमा बिक्री वितरण गरेको पाइएको हो । 

189139140_514841403215592_886974859934170446_n

OM Sai Pathibhara Hospital

उद्योग संचालक देखि व्यवयासीले सेनिटाइजरमा बढी मूल्य लिएर बिक्री गर्न थालेपछि औषधी व्यवस्था विभागले साइज अनुसारको मूल्य कायम गरिदिएको थियो । तर, कास्यब ऋषि आर्युवेद कम्पनी प्रा. लि. का संचालकले कोरोनाको दोस्रो लहरले संक्रमण फैलिएको मौका छोपेर स्वास्थ्य सामाग्रीमा मनपरी मूल्य कायम गरेको भेटिएको हो । 

औषधी व्यवस्था विभागले नर्मल हेण्ड सेनिटाइजर १ हजार एमएलको मूल्य ६ सय ९० रूपैयाँ तोकिदिएको छ । यदी १ हजार एमएलको सेनिटाइजरमा स्प्रे राखिएको छ भने १० रुपैयाँ देखि १५ रुपैया भन्दा बढी मूल्य थप गर्न नपाउने विभागले निर्णय गरेको छ । यसो गर्दा स्प्रेसहितको १ हजार एमएल सेनिटाइजरको मूल्य ७ सय १० देखि १५ रुपैयाँ हुन आउँछ । 

189343771_471512944139611_5643798484583670625_n

तर, कस्यव ऋषि सेनिटाइजरले भने विभागले तोकेको भन्दा १ सय १० देखि १ सय १५ रूपैयाँ बढी प्रतिलिटर एक हजार एमएलको सेनिटाइजर ८ सय २५ रूपैयाँ मूल्य कायम गरि बजार पठाउने गरेको छ । यसरी विभागले तोकेको भन्दा बढी मूल्य कायम गरि उद्योगले सेनिटाइजर बजार पठाउँदा त्यसको प्रत्यक्ष मारमा उपभोक्ता पर्ने गरेका छन् । 

उद्योगले होलसेल डिलर र खुद्रा पसलहरूमा कम मूल्य कायम गरेर बिक्री वितरण गरेपनि उपभोक्तालाई लेबलमा कायम गरेको मूल्यमा खुद्रा व्यापारीले बिक्री वितरण गर्ने भएकोले यसको प्रत्यक्ष मारमा उपभोक्ता परिरहेका छन् । कस्यव ऋषि सेनिटाइजर बजारमा साइज अनुसार पाँच लिटरसम्मको प्याकमा उपलब्ध छ । 

सबै साइजको सेनिटाईजरमा सो उद्योगले विभागले तोकेको भन्दा बढी मूल्य कायम गरि बजार पठाउने गरेको छ । विभागले तोकेका भन्दा बढी मूल्य कायम गरि सेनिटाइजर बजार पढाउँदा पनि नियमकारी निकाय बेखबर रहेको छ । तोकिएको भन्दा बढी मूल्य कायम गरेको भेटिए यसको अनुगमन गर्ने निकाय वाणिज्य आपूर्ती तथा उपभोक्ता संरक्षण कार्यालय र औषधी व्यवस्था विभाग हो । 

तर, कस्यव ऋषि सेनिटाइजरले मनपरी मूल्य कायम गरि बजार पठाएको जनगुनासो आउँदा पनि नियमक निकाय मौन रहनुले मिलेमतोमा यो काम भएको हुनसक्ने उपभोक्तावादी संघ–संस्थाहरुले आशंका गरेका छन् । उद्योगले तोकिएको भन्दा बढी मूल्य कायम गरेको भेटिएपछि वाणिज्य कार्यालयले उपभोक्ता संरक्षण ऐन २०७५ अनुसार कारवाही गर्ने अधिकार दिएको छ । तर, खुलेआम विभागले तोकेको भन्दा बढी मूल्य कायम गरि सेनिटाइजर बजार पठाउँदा पनि नियमकारी निकायले उद्योगमा पुगेर अनुगमन नगर्नुले मिलेमतोमा त्यो काम भईरहेको आशंका गरिएको छ । 

यता औषधी व्यवस्था विभाग विराटनगरका प्रमुख सन्जिव शर्मा कट्टेलले विभागले तोकेको भन्दा कुनै उद्योगले पनि बढी मूल्य कायम गरि बजार पठाउन नमिल्ने बताएका छन् । ‘कुनै पनि उद्योगले विभागले तोकेको भन्दा बढी मूल्य कायम गरि सेनिटाइजर बजारमा पठाउने गरेको पाइए जो सुकै कारवाहीको भागिदार बन्नेछ,’ उनले भने । गुणस्तरको विषयलाई लिएर जनगुनासो आएपछि कस्यव सेनिटाइजर कम्पनी प्रा. लि. ले उत्पादन गरेको ‘कस्यव ऋषि हेण्ड सेनिटाइजर’ नमूना संकलन गरि प्रयोगशालामा पठाईएको उनले बताएका छन् । 

‘यसअघि पनि हामीले कस्यव ऋषि हेण्ड सेनिटाइजरमा अनुगमन गरेका थियौ,’ डिडिए विराटनगरका प्रमुख कट्टेलले भने, ‘नमूना संकलन गरि विभागको प्रयोगशालामा परीक्षण गर्न पठाएका छौं । ल्याब परीक्षण रिर्पाेटमा गुणस्तरहीन सेनिटाइजर आए विभागले थप कारवाहीको प्रक्रिया अगाडी बढाउनेछ ।’ स्रोतको अनुसार कस्यव ऋषि हेण्ड सेनिटाइजमा लेबल पनि पुरानो लगाउने गरिएको छ । 

कस्यव ऋषि सेनिटाइजरमा दुई वर्ष अगाडी छापेको आइएसो प्राप्त लोगो भन्दै सेनिटाइजरमा पुरानो लेबल लगाउने गरेको स्वास्थ्य क्षेत्रका जानकारहरुको भनाई छ । यसअघि सन् २०२० मार्चमा औषधी व्यवस्था विभागले सेनिटाइजरको म्याद एक वर्षमात्र राख्ने निर्णय गरेको थियो । तर, कस्यव ऋषि सेनिटाइजरले आफुखुसी दुई वर्षको म्याद राखेर सेनिटाइजर बजारमा पठाउने गरेको छ । विभागको तोकेको निर्णयलाई मान्ने हो भने कस्यव ऋषिको म्याद  सन २०२१ को फेब्रुअरीमा सकिन्छ । तर, विभागको निर्णयलाई लत्याउँदै कास्यब ऋषि आफुखुसी म्याद राखि बजार पठाउने गरिएको छ ।