काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले बजेटका कारण आफुले छिटो वैकल्पिक सरकार बनाउन बाटो खोलिदिएको बताएका छन् । 

शुक्रबार पत्रकार सम्मेलन गरी आफुले विश्वासको मत पाउने अवस्था नभएपछि संविधानको धारा ७६ (५) अनुसार सरकार गठनका लागि प्रक्रिया अघि बढाएको बताएका हुन् ।

OM Sai Pathibhara Hospital

जेठ १५ गते बजेट ल्याउनैपर्ने संवैधानिक बाध्यता रहेकाले नयाँ सरकारले बजेट ल्याउनका लागि समय पुगोस् भनेर छिटो प्रक्रियाबाट सरकार गठनको प्रक्रिया सुरु गरेको उनको भनाई छ । 

वैकल्पिक सरकार बनाउन पनि नसक्ने र आफुलाई काम गर्न समेत नदिएको उनको विपक्षीप्रति आरोप छ ।