बिर्तामोड / आज नै सर्वोच अदालतको आदेशमा मन्त्रीपद गुमाएका एमालेका नयाँ नेता रामबहादुर थापा (बादल), काँग्रेस र माओवादी पक्षिय गठबन्धनका उमेरद्धार खिमलाल देवकोटासँग पराजित भएका छन् । 

देवकोटाले कुल ५०८८ मतभारसहित विजय हासिल गरेका हुन् । एमालेको माधव नेपाल पक्षका मत तान्न नसकेपछि बादलको विजय असम्भव बनेको हो ।

OM Sai Pathibhara Hospital

वाग्मती प्रदेशसभाका १०५ सदस्यले मतदान गरेकामा देवकोटाले ५८, बादलले ४५ र नेपाल मजदुर किसान पार्टीका कृष्णबहादुर तामाङले २ मत पाए ।

त्यस्तै वाग्मती प्रदेशका स्थानीय तहका प्रमुख र उपप्रमुख गरी २३३ जनाले मतदान गरेकामा देवकोटाले १२८, बादलले १०३ र तामाङले २ मत पाए ।