काठमाडौँ / वामती प्रदेशमा रिक्त  राष्ट्रियसभा सदस्य उपनिर्वाचनको मतदान शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । निर्वाचनमा प्रदेशसभा सदस्यतर्फ १०५  र स्थानीय तहतर्फ २३३  गरी  ३३८ जनाले मतदान गरेको निवाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।

निर्वाचनमा प्रदेशसभा सदस्य ११० र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख २३८ गरी  ३४८  मतदाता  थिए । निर्वाचनमा कोरोना भाइरस संक्रमित २५ मतदाताले भाग लिनुभएको थियो । प्रदेशसभा सदस्यको ४८ र स्थानीय तह सदस्यतर्फको मतभार १८ छ ।

OM Sai Pathibhara Hospital

मतगणना व्यवस्थित गर्न  थप निर्देशनसमेत निर्वाचन अधिकृतलाई आयोगबाट आज नै पठाइसकिएको छ ।आज नै साँझसम्म मतपरिणाम आउने सम्भावना  रहेको आयोगले जनाएको छ ।

मतदान  सफलतापूर्वक सम्पन्न भएकामा खटिने निर्वाचन अधिकृत, जिल्ला निर्वाचन अधिकारीलगायत राष्ट्रसेवक कर्मचारी तथा सम्बन्धित सम्पूर्ण सरोकार पक्षलाई आयोगले धन्यवाद ज्ञापन गरेको छ ।