पोखरा / गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बुधबार मन्त्रिपरिषद् विस्तार गरेका छन् । मुख्यमन्त्री गुरुङले पुरानै अनुहारलाई दोहोर्याउनका हुन् ।
उनीहरूलाई मुख्यमन्त्री गुरुङको उपस्थितिमा प्रदेश प्रमुख सीता पौडेलले सपथ ग्रहण गराएका छन् । शपथ लगत्तै मन्त्रिपरिषद्को बैठक राखी उनीहरुलाई पुरानै मन्त्रालयको जिम्मेवारी तोकिने भएको छ ।
युवा तथा खेलकुद मन्त्रीमा मन्त्री राजीव गुरुङ ‘दीपक मनाङे’, अर्थमन्त्रीमा किरण गुरुङ, भौतिक पूर्वाधारमा रामशरण बस्नेत, पर्यटन मन्त्रीमा विकास लम्साल, सामाजिक विकास मन्त्रीमा नरदेवी पुन पुनर्नियुक्त भएका हुन् ।
पुन : र्नियुक्त भएका मन्त्री मनाङे भने सपथमा सहभागी भएनन् । केही दिनअघि नियुक्त भएका खेलकुद मन्त्री राजीव गुरुङ काठमाडौं भएकाले उनी आएपछि मात्र शपथ खुवाउने कार्यक्रम रहेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।