काठमाडौँ / कोरोना भाइरस महामारीको दोस्रो लहरबाट ठूलो क्षति व्यहोरिरहेको भारतमा विगत २४ घण्टामा थप चार हजार ५२९ जनाको मृत्यु भएको यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । 

मङ्गलबार त्यहाँ २ लाख ६७ हजार ३३४ जना थप सङ्क्रमित थपिएका छन् ।  गएको  केही दिनयता भारतमा कोरोना सङ्क्रमितको संख्यामा केही कमि आएको भएयता पनि सोमबारको तुलनामा मङ्गलबार केही बढी सङ्क्रमित भएका छन् । 

OM Sai Pathibhara Hospital

मन्त्रालयले बुधबार सार्वजनिक भएको यो तथ्यांकसँगै भारतमा कोरोना भाइरसको संक्रमणबाट अहिलेसम्म २ लाख ८३ हजार २४८ जनाको ज्यान गएको पनि बताइएको छ । मन्त्रालयका अनुसार कोभिड–१९ संक्रमितको कूल संख्या दुई करोड ५४ लाख ९६ हजार ३३० पुगेको छ ।  

 भारतमा गत जनवरी १६ बाट कोरोना भाइरसविरुद्धको खोप अभियान शुरु गरेको थियो । सो समयबाट हालसम्म भारतमा १८ करोड ५८ लाख ९ हजार भन्दा बढी खोप लगाईसकेका छन् । 

मङ्गलबार एकै दिनमा भारतमा १३ लाख १२ हजार १५५ जनालाई कोरोनाविरुद्धको खोप लगाएका सरकारी स्रोतले जानकारी दिएको छ ।