जाजरकोट / सांसद विकास कोष (पूर्वाधार कार्यक्रम)अन्तर्गत रहेको १८ लाखमा औषधि, ग्यास सिलिण्डर खरिद गर्नमा खर्च गरिने भएको छ ।

पूर्वमन्त्री शक्तिबहादुर बस्नेतले भेरी नगरपालिकाले कार्यान्वयन गर्ने गरी मङ्गलबार नै १८ लाख रुपैयाँको कार्यादेश पठाएको भेरी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत दलबहादुर घर्तीले जानकारी दिए । उक्त रकमबाट ४० वटा सिलिण्डर, औषधि र अन्य स्वास्थ्य उपकरण पूर्वमन्त्री बस्नेतले पठाएको अधिकृत घर्तीले जानकारी दिए ।

OM Sai Pathibhara Hospital

ती सिलिण्डर सुर्खेतमा तयारी अवस्थामा राख्ने र आवश्यकतानुसार अक्सिजन आपूर्तिमा परिचालन गर्ने अधिकृत घर्तीले बताए । कोरोनाका कारण ठूलो सङ्ख्यामा स्थानीयवासी बिरामी भई अक्सिजन नपाएर हैरान भएका बेला पूर्वमन्त्री बस्नेतको यो निर्णयले आफूहरु खुशी भएको घर्तीले बताए ।