पोखरा / गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले बुधबार मन्त्रिपरिषद बिस्तारको तयारी गरेका छन् । सबैभन्दा ठूलो दलको हैसियतले २९ बैशाखमा दोस्रो पटक मुख्यमन्त्रीको सपथ लिएका गुरूङले आज मन्त्रिपरिषद बिस्तार गर्ने तयारी गरेका हुन् ।
बुधबार थप तीन जना मन्त्री थप्ने तयारी गरेको मुख्यमन्त्री गुरुङको सचिवालयले जनाएको छ । तर, को को मन्त्री बन्दैछन् भन्ने खुलाइएको छैन । स्रोतका अनुसार गुरूङले अर्थमन्त्री, भौतिक र पूर्वाधार विकास मन्त्री दोहोर्याउँदैछन् ।
बैशाख २७ मा संसदमा आफूमाथि पेश अविश्वासको प्रस्तावमा मतदान हुने पक्का भएपछि २६ गते नै राजीनामा दिएका मुख्यमन्त्री गुरूङले १ महिनाभित्र विश्वासको मत लिनुपर्ने हुन्छ । कोरोना पोजेटिभ भएका मुख्यमन्त्री गुरूङ अहिले होम आइसोलेसनमा छन् ।