रोल्पा / सरकारी तबरबाट शव व्यवस्थापनमा ढिलाइ भएपछि कोरोना सङ्क्रमितको दाहसंस्कार आफन्तबाट हुँदा समुदायमा सक्रङ्क्रमण फैलिने भयले स्थानीयवासी त्रसित देखिएका छन् ।

कोरोना भाइरसको लक्षण देखिएपछि गत वैशाख ३१ गते रोल्पा  अस्पताल भर्ना भएका रोल्पा नगरपालिका­ –२ सदरमुकाम लिवाङका एक व्यक्तिको अक्सिजनको मात्रा नबढेपछि थप उपचारका लागि जिल्ला बाहिर लैजाने क्रममा बाटैमा मृत्यु भयो ।

OM Sai Pathibhara Hospital

शव अस्पताल पु¥याएका आफन्तहरु लामो समय कुर्दा समेत सरकारी तबरवाट शव व्यवस्थापन गर्नेबारे चासो नदेखाउँदा आफन्तहरुले नै शव व्यवस्थापन गर्न बाध्य भएको बताएका छन् । यस्तै कोरोना भाइसरका कारण केही दिनअघि मृत्यु भएका सुनिलस्मृति गाउँपालिका­ –४ का एक पुरुषको आफन्तले नै अन्त्यष्टी गरेका थिए । 

कोरोनाका  कारण  मृत्यु हुनेको सङ्ख्या रोल्पामा बढिरहेको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार सोमबारसम्म जिल्लामा कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या सात पुगेको छ ।

यसरी मृत्यु भएकाहरु मध्ये अधिकांशको अन्त्यष्टी परिवारले गरेका छन् । नातेदार वा छिमेकीको मृत्युपछि दाहसंस्कारका लागि मलामी जानुपर्ने सामाजिक दायित्वका  कारण दाहसंस्कारमा  समेत जमघट  हुने क्रम बढ्दै जान थालेसँगै कोरोनाले महामारी लिने कुराले जनमानसमा भय सिर्जना गरेको छ । 

“कोरोना सङ्क्रमितको परिवारबाट गरिने अन्त्यष्टीले कारोना सङ्क्रमण भयावह हुने  देखिन्छ,” छिमेकीको मृत्युसँगै अन्त्यष्टीमा उपस्थित भएर  फर्किएका  रोल्पा नगरपालिका­ –४ का  विनोद आचार्यले भने ।

मृतकको शव परिवारका सदस्यहरुले समेत छुने गर्दा परिवारका सदस्यमा पनि सङ्क्रमणको उच्च जोखिम रहेको उनको भनाइ छ । आफन्तको  मृत्युभएपछि एक घण्टा पर्खंदा समेत सेनाको टोली नआएपछि आफूहरुले  नै शवको अन्त्यष्टी  गरेको रोल्पा  नगरपालिका –­४  का धनराज डाँगीले बताए  । 

“कोभिडका कारण मृत्युभएको सुनिश्चित नभएसम्म सेना जाँदैन”, प्रजिअ सापकोटाले भने । कोरोनाको पहिलो  लहरको बेला सबै  शव सेनाले नै अन्त्यष्टी गर्ने नियम भएपनि दोस्रो लहरमा मृतकका आफन्तले अन्त्यष्टी गर्न चाहे उनीहरुलाई दिने नियम रहेको उनको भनाइ छ ।