बिर्तामोड /  झापाको मेचिनगर नगरपालिका –९ का ४५ बर्षीय श्याम राईको जंगली हात्तीको आक्रमणमा परी मृत्यु भएको छ । 

गत राती साढे १२ बजे मागुरमाणी सामुदायिक वनबाट १ वटा जंगली हात्ती आई गाँउ पसेकोले खेदाउने क्रममा राईलाई हात्तीले आक्रमण गरी घाईते बनाएको थियो । 

OM Sai Pathibhara Hospital

घाईतेको मेची अस्पताल भद्रपुरमा उपचारको क्रममा सोही राती सँवा २ बजे मृत्यु भएको हो । हात्तीलाई प्रहरी र स्थानियबासीको सहयोगमा जंगलतर्फ लखेटिएको छ ।