मुम्बई(राजधानी दैनिकबाट) कोरोना महामारीका कारण इन्डियन प्रिमियर लिग (आईपीएल) २०२१ को संस्करणबीचमै स्थगित भएको छ । प्रतियोगिता सुरु भएर पनि अब ३१ खेल बाँकी रहेका बेला कोरोना महामारीले प्रतियोगिता नै स्थगित हुन पुगेको हो । यो संस्करणको आईपीएलका बाँकी खेल कहिले र कसरी सञ्चालन गर्ने योजना भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)ले बनाइसकेका छन् । तर, सन् २०२२ को आईपीएलमा दुई नयाँ टिमलाई प्रवेश दिने बीसीसीआईले तयारी गरेको छ । त्यसका लागि जुलाई या अगस्टमा टेन्डर निकाल्ने तयारी गरेको छ ।

बीसीसीआइले यसअघि मे महिनामै १४औं सिजनबीच नयाँ टिमबारे निर्णय गर्ने बताइएका थियो । टेन्डरदेखि लिलामीसम्मका सबै काम फाइनल गर्न मे महिना पुरै लाग्ने बताइएको थियो । आईपीएलमा १० टिम खेल्न लागेको पहिलोपटक भने हुनेछैन । सन् २०११ मा पनि १० टिमले आईपीएल खेलेका थिए ।

OM Sai Pathibhara Hospital

त्यतिबेला पुणे वारियर्स र कोच्चि टस्कर्स दुई नयाँ टिम थिए । कोच्चि आईपीएलका प्रतिबन्धमा परेको थियो । जसका कारण सन् २०१२ र २०१३ मा नौ टिमले आईपीएल खेलेका थिए । त्यसपछि आठ टिमले आईपीएलमा प्रतिस्पर्धा गरेका थिए । आईपीएलमा अहिले आठ टिमले खेलिरहेका छन् । यी पुणे नयाँ फ्रेन्चाइज टिमका लागि सबैभन्दा बढी दाबेदार मानिन्छ । पुणे यसभन्दा अघि पनि आईपीएलको फ्रेन्चाइजी रहिसकेको छ ।

पुणे वारियर्स इन्डिया र राईजिङ पुणे सुपरजाएन्टसले पुणे सहरको प्रतिनिधित्व गरिसकेका छन् । पुणे वारियर्सले २०११ देखि २०१३ सम्म र राइजिङ पुणेले २०१६ र २०१७ मा आईपीएल खेलेका थिए । फ्रेन्चाइजीका रूपमा पुणेलाई छनोट गरिएमा महाराष्ट्र क्रिकेट स्टेडियम यसको घरेलु मैदान हुनेछ । अहमदाबालाई पनि आईपीएलमा सहभागी गराउने सम्भावना रहेको छ । यो सहरमा विश्वकै सर्वाधिक ठूलो क्रिकेट स्टेडियम रहेको छ ।

नरेन्द्र मोदी स्टेडियममा १ लाख ३२ हजार दर्शक क्षमता रहेको छ । हालै यो स्टेडियममा अन्तर्राष्ट्रिय तथा आईपीएलका केही खेल भएका थिए यही ठाउँको टिमका रूपमा सन् २०१६ र २०१७ मा गुजरात लायन्सले आईपीएल खेलेको थियो । लखनऊ पनि बलियो दाबेदारका रूपमा रहेको छ । इन्दौरलाई फ्रेन्चाइजीका रूपमा स्थान दिएमा होल्कर स्टेडियम होम ग्राउन्ड हुन सक्छ । एजेन्सि