विराटनगर / विराटनगरस्थित नेपाल–भारत सीमा नजिकै तस्करको समुह र प्रहरी बीच झडप भएको छ । रिाटनगर महानगरपालिका भित्र पर्ने इस्लामपुर सीमानाकामा तस्करको समुह र प्रहरीबीच सोमबार झडप भएको हो ।

इस्लामपुर नाकामा नेपाल–भारत आवत जावत कडाई गरेपछि स्थानीय व्यापारी र तस्करको समुहले सीमामा खटिएका प्रहरीमाथि ढुंगामुढा गरेका हुन् । एक वर्षदेखि कोरोनामहामारी नियन्त्रणका सरकारले सीमा नाका शिल गरेको छ ।

OM Sai Pathibhara Hospital

नयाँ भेरियन्टको कोरोना संक्रमण सुरु भएपछि सरकारले थप कडाई गर्दै सीमा नाकामा बाक्लो सुरक्षाकर्मी परिचालन गरेको छ । सीमा नाका सील भएकै कारण कालोबजारी र तस्करी गर्न नपाएपछि उनीहरुले प्रहरीमाथि आक्रमण गरेको जनाइएको छ ।

सीमा नाकामा कडाई गर्दै सरकारको आदेश पालना गर्न सर्वसाधारणलाई आवतजावत गर्न नदिन खटिएका प्रहरी जवानमाथि सीमा पारिका व्यापारी र तस्करहरुको समुहले आक्रमण गरेको प्रत्यक्षदर्शीले बताएका छन् ।