काठमाडौँ / कोभिड–१९ को रोकथाम, उपचार तथा नियन्त्रणका लागि अस्पतालको क्षमता अभिवृद्धि र स्वास्थ्य सामग्रीका लागि अर्थ मन्त्रालयले चार अर्ब ३१ करोड ८५ लाख ६० हजार रुपैयाँ बराबरको सहमति दिएको छ ।  

मन्त्रालयले आज २६  केन्द्रीय अस्पताल र नौ  प्रादेशिक अस्पतालमा भेन्टिलेटर तथा अक्सिजन प्लान्ट र  ट्यांकका लागि दुई अर्ब  ९५ करोड २० लाख रुपैयाँ बराबरको सहमति दिएको हो ।

OM Sai Pathibhara Hospital

 मन्त्रालयले विज्ञप्तिमार्फत केन्द्रीय र प्रादेशिक गरी २५ अस्पताललाई एचडियु स्थापनाका लागि एक अर्ब ३६ करोड ६५ लाख ६० हजार रुपैयाँको सहमति दिइएको जनाएको छ । 

कोभिड–१९ को रोकथाम, उपचार तथा नियन्त्रणका लागि आवश्यक सबै उपाय अवलम्बन गर्ने नीतिअन्तर्गत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मागअनुरुप मन्त्रालयले स्रोत सुनिश्चित गरेको हो ।