रोल्पा / जघन्य र संगठित अपराध मानिने लागुऔषध (अफिम) ओसारपसारमा पछिल्लो समयमा रोल्पामा महिलाहरुको प्रयोग बढेको देखिएको छ । जिल्ला प्रहरी कार्यालय रोल्पाले चालु आर्थिक वर्षको वैशाख १२ गतेसम्म गरेको ‘अफिम अप्रेशन’ मा लागुऔषध ओसारपसारमा संलग्न भएको आरोपमा पाँच महिला पक्राउ परेसँगै यो तथ्य बाहिर आएको हो । यस अवधिमा लागुऔषध ओसारपसारका चार घटनामा पक्राउ परेका १० मध्ये छ महिला नै थिए ।

प्रहरीले २०७७ साल असोज ५ गते रोल्पा थवाङ गाउँपालिका–२ छेर्लोवाङबाट सोही गाउँपालिका–२ ठूलोगाउँकी ४५ वर्षीया मुली झाँक्रीमगर र ३५ वर्षीया विनज्योति रोकामगरलाई पक्राउ गर्यो । चेकजाँचका क्रममा मुली झाँक्रीमगरले बोकेको झोलाबाट चार किलो ९३५ ग्राम र रोकामगरको साथबाट चार किलो ८८५ ग्राम अफिम बरामद गर्यो । पक्राउ परेका उनीहरु २०७७ मङ्सिर १४ को रोल्पा जिल्ला अदालतको आदेशअनुसार पुर्पक्षका लागि कारागार चलान भए ।  

OM Sai Pathibhara Hospital

विसं २०७७ असोज १७ गते रोल्पा सुनिलस्मृती गाउँपालिका वडा नं २ खुग्रीस्थित प्रहरी चौकीले दाङ जाँदै गरेको एक स्कार्पियो गाडीको जाँच गर्ने क्रममा लागुऔषध (अफिम) फेला पा¥यो । वा १५ च ३७७६ नम्वरको गाडीको डिक्कीमा लुकाइएको अवस्थामा चार किलो ३०० ग्राम कालो रङ्को लागुऔषध फेला पारेको हो । सो गाडीमा सवार दाङ गढवा गाउँपालिका वडा नं ६ बस्ने ३० वर्षीया निसा पुन र घोराही उपमहानगरपालिका ६ हापुर वस्ने ४५ वर्षीया दिलप्रभा वुढामगरको मिलोमतोमा सो पदार्थ ल्याइएको प्रहरी अनुसन्धानबाट खुल्यो । 

सोही गाडीमा सवार रुकुमपूर्व भूमे गाउँपालिका वडा नं. ६ की ३७ वर्षीया ज्योती घर्तीमगर पनि सोही घटनामा पक्राउ परिन् । रोल्पा जिल्ला अदालतमा पेश गरेको सो मद्दामा  विसं २०७७ मङ्सिर २४ मा भएको अदालतको आदेशमा दिलप्रभा १ लाख ५० हजार रुपैयाँ धरौटीमा छुटे पनि निसा र ज्योती  पुर्पक्षका लागि कारागार चलान भएका थिए ।

विसं २०७८ वैशाख १२ गते रोल्पा त्रिवेणी गाउँपालिका– ७ भित्रिखोलाका ४० वर्षीय रतन बुढाको तीन रोपनी जग्गामा लगाएको अफिम खेती प्रहरी चौकी जुँगारबाट खटिई गएको प्रहरी टोलीले नष्ट गर्यो । उक्त खेतीमा संलग्न रहेको आरोपमा सोही ठाउँका ३५ वर्षीया मनकुमारी वुढा पक्राउ परिन् । वुढाकोे मुद्दा जारी रहेको प्रहरीको भनाई छ ।

“महिलाले अरुको विश्वास छिट्टै गर्ने गरेका कारण पनि यस्ता अपराधमा उनीहरुको संलग्नता रहेको देखिन्छ र उनीहरु समातिएका पनि छन्” जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायव उपरीक्षक नरेशराज सुवेदीले भने । “लागुऔषध संगठित अपराध भएकाले यसमा धेरै जनाको संलग्नता हुन्छ र त्यसमा बढी मात्रामा महिला प्रयोग गरेको पाइएको छ” सुवेदीले भन्नुभयो । “यस्तो अपराधमा अहिलेको युवा समूह नै संलग्न हुँदा भावि पुस्तालाई पनि हत्या, हिंसा जस्ता अपराधमा प्रोत्साहित गर्नसक्ने खतरा रहेको छ” सुवेदीले भने । नेपालको सामाजिक सुरक्षाका दृष्टिकोणले यो पक्षलाई दुःखद रुपमा लिनुपर्ने पनि उनले बताए ।  

कानुन  सबैले जानेका हुन्छन् भन्ने मान्यता रहेपनि लागुऔषधको बारेमा ग्रामीण भेगमा चेतना पाईंदैन अधिवक्ता श्रीमन पोख्रेलको भनाई छ । “लागुऔषधको उत्पादन,  ओसारपसार र  बिक्री वितरणको पनि कसुर र संवेदनशीलता अनुसार फरक फरक भएपनि त्यसको जानकारी नहुदा निर्दोषहरु पनि फसेको देखिन्छ” पोख्रेलले भने । मलाई थाहा थिएन, झोला त्यहाँसम्म पु¥याइदेउ भनेर यस्तो काम गरेका हुँ भन्नेजस्तो बयान उनीहरुले दिने गरेका पनि अधिवक्ता पोख्रेलले जानकारी दिए । 

त्यस्तै काममा लागेका टाँठोबाठो मान्छेले सोझा र इमान्दार महिलाहरुलाई भरियाको रुपमा प्रयोग गर्ने गरेको पाइएको छ । कानुन जानेको थिएन भनेर अपराध छुट नहुने उनको भनाई छ । त्यसैले पनि यस्ता विषयमा गाउँगाउँमा सचेतनामूलक कार्यक्रमहरु जरुरी देखिएको पोख्रेलको अनुभव छ । 

“ओसारपसारको क्रममा ठूला व्यापारी सम्म नपुग्दै उनीहरु बाटैमा पक्राउ  परेको देखिन्छ” रोकामगरले भने । “कपितय महिलाहरु कानुन थाहा पाउदा पाउदै अनि कति त पैसाको लोभले पनि संलग्न भएको देखिन्छ” रोकामगरले भने । 

इलाका प्रहरी कार्यालय थवाङको टोलीले विसं २०७७ चैतमा थवाङ गाउँपालिका– १ याङचवाङमा ऐलानी दुई कठ्ठामा लगाइएको अफिम खेती नष्ट गरेको थियो । सोही प्रहरी टोलीले विसं २०७७ चैत १० मा थवाङ गाउँपालिका वडा नंं १ थाङ्चिनस्थित जंगलको बीचभागमा अन्दाजी तीन कठ्ठा ऐलानी जग्गामा लगाएको अफिम खेती पनि नष्ट ग¥यो । त्यस्तै २०७८ वैशाख १२ मा थवाङ गाउँपालिका वडा नं. २ सिस्याखानाको जंगलमा अन्दाजी दुई कठ्ठा जग्गामा लगाई राखेको अफिम खेती नष्ट ग¥यो । तीनै स्थानमा लगाएको सो खेती कसले गरेको भन्ने खुल्न नआएको प्रहरीको भनाइ छ । 

लागुऔषध जस्तो संगठित र जघन्य अपराध नियन्त्रणका लागि ओसारपसारमा भन्दा उत्पादन हुन नदिने तर्फ भूमिका बढाउनुपर्ने प्रहरीको बुझाइ छ । सङ्गठित अपराधको जालो धेरै ठूलो हुने भएकाले यसको नियन्त्रणका लागि नागरिकको साथ सहयोग जरुरी रहने प्रहरीको धारणा छ ।