बिर्तामोड / आज देशमा पश्चिमी न्यून चापीय प्रणाली र नेपालको दक्षिण–पूर्वी भूभाग नजिक रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागहरुमा मौसम सामान्यतया सफा रहेको छ ।

OM Sai Pathibhara Hospital

यस्तै आज दिउँसो प्रदेश १ लगायत देशका अन्य पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहि बाँकी भूभागहरुमा आंशिक बदली हुने सम्भावना रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भूभागका थोरै स्थानहरुमा मेघ मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

आज राति भने देशभर आंशिकदेखि सामान्य बदली रहने छ। र, प्रदेश नं १, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू—भागका एक÷दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।