विराटनगर / सुनसरी र पाँचथरमा करेन्ट लागेर २ जनाको मृत्यु भएको छ । आज बिहान ९ बजे सुनसरी गढि गाऊपालिका –२ औराबनी का ३५ बर्षीय अरुण चौधरीको ईनरुवा ७ बलाहा छेउमा रहेको ओम सक्ति प्लाई फ्याक्ट्रिमा काम गर्ने क्रममा करेन्ट लागी घाईते भएका उनको उपचारको क्रममा जिल्ला अस्पताल ईनरुवामा बिहान साढे ९ बजे मृत्यु भएको छ ।
त्यस्तै आज दउसो साढे ११ बजे पाँचथर याङबरक ५ का २२ बर्षीय रोमी लिम्बुको घर बनाउने मजदुर काम गर्ने क्रममा करेन्ट लागी घाईते भएका उनको उपचारको क्रममा वीएण्डसी अस्पताल बिर्तामोडमा दिउसो सवाँ १२ बजे मृत्यु भएको छ । घटना सम्बन्धमा प्रहरी टोली खटि गई अनुसन्धान भईरहेको छ ।