रुपन्देही / बन्दाबन्दीका समयमा लुम्बिनी प्रदेशमा भएका सवारी दुर्घटनामा ६४ जनाले ज्यान गुमाएका छन् । आज बुटवलमा पत्रकार भेटघाटको आयोजना गरी  प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक डम्बरबहादुर बिकले बन्दाबन्दीका समयमा दुर्घटना नरोकिएका कारण सवारी चालक र सडक प्रयोगकर्ताहरू सचेत रहनुपर्ने बताए ।

प्रहरी उपरीक्षक बिकले सबैको सहकार्यमा मात्रै सवारी दुर्घटना न्यूनीकरण गर्न सकिने औँल्याए । उनले सडक दुर्घटना न्यूनीकरणका लागि प्रदेश सरकारको चासो रहेकाले सबैको समन्वयमा यसको हल गर्नुपर्ने बताए । “मृत्युदर निवारण गर्ने नै सामूहीक उद्देश्य हो । यो समस्या ट्राफिकको मात्रै होइन सबैको हो । यसलाई सबै मिलेर हल गर्नुपर्छ”, उनले भने ।

OM Sai Pathibhara Hospital

पत्रकारहरूले आकाशेपुलको प्रयोग, अटो रिक्साको व्यवस्थापन, टिपरको गति नियन्त्रण, छाडा चौंपायाको समस्या रहेको जानकारी गराउँदै समाधानका लागि अभियान चलाउन सुझाएका थिए ।