टिस्टुङ / कोरोना भाइरसको सङ्क्रमण दर बढ्दै गएका बेला मकवानपुरका नौ स्थानीय तहले आइसोलेशन कक्ष तयार पारेका छन् । 

दश स्थानीय तह रहेको मकवानपुरमा इन्द्रसरोवर गाउँपालिकाबाहेक अन्य सबै पालिकाले आइसोलेशन निर्माण गरेका हुन् ।

OM Sai Pathibhara Hospital

इन्द्रसरोवरमा आइसोलेशनका लागि आवश्यक सामग्री आइसके पनि  स्थापना गरिने स्थानको टुङ्गो लाग्न नसक्दा ढिलाइ भएको स्वास्थ्य शाखा प्रमुख मन्नुनाथ अधिकारीले बताए । 

इन्द्रसरोवरमा अहिले  कोरोनाका सक्रिय सङ्क्रमित १५ जना छन् । मकवानपुरमा अहिले दुई हजार २४  सक्रिय सङ्क्रमित रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।