किमाथाङ्का / सङ्खुवासभाको निमार्णाधीन ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत् परियोजनाको विद्युत् गृहस्थलको काम बुधबारदेखि ठप्प भएको छ । 

सुरुङभित्र मजदूरको मृत्यु भएपछि क्षतिपूर्तिको माग गर्दै मजदूरले आयोजनास्थलका निर्माण सामग्रीमा तोडफोड गरेका थिए । अवरुद्ध भएको आयोजनाको काम गर्न सतलज कम्पनी तथा  सरोकारवाला निकायसँग छलफल भइरहेको र चाँडै आयोजनाको काम पुनः सञ्चालन गर्ने प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले जानकारी दिए ।

OM Sai Pathibhara Hospital

 बुधबार बिहान साढे ८ः०० बजे सुरुङभित्र बारुद लोड गर्ने क्रममा माथिबाट खसेको ढुङ्गाले लागेर कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ का ३७ वर्षीय कृष्ण रानाको मृत्यु भएको थियो भने सोही स्थानका ५० वर्षीय मिठ्ठु राना घाइते भएका थिए । पावर हाउस निर्माणको जिम्मेवारी पाएको पटेल इन्जिनीयरिङ लिमिटेडले जिम्मेवारीबाट पन्छिन खोजेको भन्दै कामदार दिनभर आन्दोलित भएका थिए । 

शव व्यवस्थापनका लागि चन्दा सङ्कलन गर्ने भनेपछि कामदारले आयोजनाको कार्यालय र सवारी साधनमा ढुङ्गामुढा गरेका थिए । कामदार आक्रोशित भएपछि निर्माण कम्पनीले रु ५० हजार क्षतिपूर्ति दिने भने पनि रु ५० लाख बीमा रकम हुने भन्दै सो रकमको माग गरेको मृतकका भाइ रामस्वरुप रानाले बताए । रामले भने, “बीमाको रकम दिन पनि आयोजनाले सानो रकमबाट पटक–पटक बार्गेनिङ ग¥यो । अन्त्यमा आयोजनाले  ३० लाख रुपैयाँ दिने सहमति जनाएपछि शव जिम्मा लिएको मृतकका भाइ रामले बताए ।”