काठमाडौं / नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को जहाज अक्सिजन सिलिण्डर लिनका लागि ओमानका लागि उडेको छ। 

गैरआवसीय नेपाली संघको सहयोगमा प्राप्त हुने ६ सय थान अक्सिजन सिलिण्डर लिन शनिबार बिहान नेपाल एयरलाइन्सको वाइडबडी ओमानको राजधानी मस्कटका लागि उडेको हो। 

OM Sai Pathibhara Hospital

मस्कटबाट विमान साँझ ६ बजे नेपाल आउने र पुनः चीनको राजधानी बेइजिङ सिलिण्डर लिने जाने निगम महाप्रबन्धक डिमप्रकास पौडेलले जानकारी दिए।

शनिवार साँझ चीनको बेइजिङ गई ४ सय थान अक्सिजन कन्सन्ट्रेटर, ४ सय थान सिलिन्डर र अन्य चिकित्शा सामान ल्याउने तयारी भइरहेको पौडेलको भनाइ छ।