काठमाडौ  / चीनले मंगलग्रहमा आफ्नो अन्तरिक्षयान सफलतापूर्वक ओरालेको शनिबार घोषणा गरेको छ । ६ पाङ्ग्रे झुरोङ रोबटलाई मंगल ग्रहको उत्तरी गोलाद्र्धको एक विशाल तराई उटोपिया प्लानिसियामा ओराल्ने लक्ष्य लिइएको थियो ।

त्यो यानले एक सुरक्षित क्याप्सुल, प्यारासुुट र एक रकेट प्लेटफर्मको संयोजनलाई प्रयोग गरेको थियो । मंगलग्रहको सतहलाई स्पर्श गर्ने काम यो अन्तरिक्षयानको जटिल काम सफलतापूर्वक सम्पन्न भएको हो ।

OM Sai Pathibhara Hospital

अमेरिकीहरू मंगलमा दक्षतापूर्वक अन्तरिक्ष यान अवतरण गराउन सफलता पाएका थिए । यो अवतरणबाट चीन मंगलमा रोबोट पु¥याउने दोस्रो देश बनेको छ ।

झुरोङको अर्थ आगोको देवता हुन्छ । यो तियानवेन वान अरबिटरमा पठाइएको थियो । यो तियानवेन वन फेब्रुअरीमा मंगल ग्रहमाथि पुगेको थियो ।

मंगलग्रहको अहिलेको दूरी ३२ करोड किलोमिटर छ । यसको अर्थ रेडियो सन्देश पृथ्वीमा आउन १८ मिनेट जति लाग्छ । झुरोङ मंगलको सतहमा पुग्ने क्रम स्वचालित तरिकाले तय गरिएको थियो ।

यो रोबोट अमेरिकाको अन्तरिक्ष अध्ययन संस्थान नासाले सन् २००० को दशकमा पठाएको अन्तरक्षि यान स्प्रिट र अपरचुनिटिको जस्तो छ ।

यसमा जडान गरिएको क्यामरा लगायतका उपकरणले तस्विर लगायतका सन्देश पृथ्वीमा पठाउने काम गर्नेछ । यसको मुख्य काम भने पानी र हिउँको सतह पत्ता लगाउनु रहेको छ ।