बिर्तामोड / प्रधानमन्त्री केपी शर्मा ओलीले आज ४३ औँ प्रधानमन्त्रीको रुपमा पुन सपथ लिएका छन् । उनलाई राष्ट्रपति विद्यादेवि भण्डारीले उनकै निवास शितल निवासमा सपथग्रहण गराएकी हुन् ।
सपथ ग्रहण समारोहमा पुर्व प्रधानमन्त्रीहरु अनुपस्थित भएको विषयलाई भने भिन्न अर्थमा हेर्न थालिएको छ । पुर्व प्रधानमन्त्रीहरु पुष्पकमल दाहाल ‘प्रचण्ड’, शेर बहादुर देउवा, माधव कुमार नेपाल, बाबुराम भट्टराई र झलनाथ खनाललाई समेत वोलाईएको भएपनि कोहि पनि सपथ ग्रहण समारोहमा उपस्थित भएनन् ।
राष्ट्रपति कार्यालयले सपथ ग्रहण समारोहमा पुर्व प्रधानमन्त्रीहरुलाई बोलाईएको जनाएको छ । कार्यालयका प्रवक्क्ता डा. रुपनारायण भट्टराईले पुर्वपधानमन्त्रीहरुलाई बोलाएको तर अनुपस्थित हुनुको कारण भने थाहा नभएको बताएका छन् ।
पुर्व प्रधानमन्त्रीहरुले पनि अनुपस्थित हुनुको कारण भने खुलाएका छैनन् । प्रधानमन्त्री ओलीसँगको खराब सम्वन्धका कारण कोभिडलाई वहाना बनाएर उनीहरुले सपथ ग्रहण समारोह बहिस्कार गरेको अनुमान गरिएको छ ।