बिर्तामोड / प्रधानमन्त्री केपी शर्मा ओलीले तेस्रो कार्यकालको सपथ लिएका छन् । शुक्रबार सपथ लिने क्रममा प्रधानमन्त्री ओलीले ‘प्रतिज्ञा गर्छु’ भन्ने शब्द उच्चारण नै गरेनन् ।
राष्ट्रपति भण्डारीले दोहो¥याएर ‘प्रतिज्ञा गर्छु’ भनेर ओलीलाई ती शब्द उच्चारण गर्न संकेत गरे पनि ओलीले राष्ट्रपतिलाई भने, ‘त्यो पर्दैन ।’
सपथ ग्रहण समारोहमा नै देखिएको यो दृष्यलाई लिएर लिएर सामाजिक संजालमा अनेकौं प्रश्न उठ्न थालेका छन् । कतिपयले ओलीले राष्ट्रपतिलाई होच्याउन खोजेको भनेका छन् भने कतिपयले दलिय सम्वन्ध झल्केको उल्लेख गरेका छन् ।