बिर्तामोड  / साताको अन्तिम  दिन शुक्रवार सुनको मूल्य स्थिर रहेको छ । स्थानीय बजारमा बिहीवार ४ सय रुपैयाँले घटेको सुनको मूल्य शुक्रवार स्थिर रहेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रवार छापावाला सुन प्रतितोला ९१ हजार ६०० मा कारोबार भएको छ । बिहीवार पनि सोही मूल्यमा छापावाला सुन खरीदविक्री भएको थियो । 

OM Sai Pathibhara Hospital

त्यसैगरी, तेजाबी सुन प्रतितोला  ९१ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । 

यस्तै, शुक्रवार चाँदीको मूल्यमा भने सामान्य गिरावट आएको छ । बिहीवार प्रतितोला १ हजार ३ सय ३५ रुपैयाँमा कारोबार भएको चाँदी शुक्रवार १ हजार ३ सय ३० रुपैयाँ खरीदविक्री भइरहेको छ । बिहीवारको तुलनामा शुक्रवार चाँदी ५ रुपैयाँले घटेको हो ।