काठमाडौँ / नेपाली सेनाका सहसेनानी अर्जुन खत्रीको नेतृत्वमा रहेको टोलीले आमादब्लम हिमाल आरोहण गरेको छ ।
‘सफा हिमाल अभियान–२०२१’ का क्रममा माथिल्लो शिविरको फोहर सङ्कलन गर्ने सेनाको टोलीले छ हजार ८१२ मिटर अग्लो हिमालको आज बिहान ९ः५८ बजे सफलतापूर्वक आरोण गरेको हो ।
टोलीमा हुद्दा प्रकाश कार्की, प्युठ सन्तोष गुरुङसहित फुरी ग्याल्जेन शेर्पा र पासाङ तेन्जी शेर्पासहित रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ ।
आरोहण गर्ने क्रममा टोली बुधबार राति दोस्रो आधार शिविरबाट चुचुरातर्फ प्रस्थान गरेको थियो । यही वैशाख १२ गते सेनाले सगरमाथासहित छ हिमालको सफाइ गर्ने उद्देश्यका साथ अभियान सञ्चालन गरिरहेको छ ।